एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सले शानदार प्रदर्शनलाई निरन्तरता दिँदै चौथो जित हात पारेको छ । आइतबार चितवनले बलियो प्रतिस्पर्धी ललितपुर प्याट्रियट्सलाई ५ विकेटले पराजित ग¥यो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ९ रनको लक्ष्य पाएको चितवनले १७.२ ओभरमै १ सय १२ रन बनाउँदै पूरा ग¥यो । चितवनका लागि मोहम्मद साहजादले २८ बलमा ४ चौका र २ छक्कासहित ३५ रन बनाए भने भिम सार्कीले २२ बलमा ३ चौका र १ छक्कासहित २७ रन बनाए ।

यस्तै वीरनद्धिप सिंह १३ रन बनाए भने दिलीप नाथले नटआउट १६ रन बनाए । ललितपुरका लागि अजमतुल्लाह ओमारजाई र रिजन ढकालले २÷२ विकेट लिए भने योगेन्द्रसिंह कार्कीले १ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको ललितपुरले ९ विकेट गुमाएर १०८ रनमात्र बनाउन सकेको थियो । ललितपुरका जयकिशन कोल्शावालाले ३३ बलमा ४२ रन बनाए । सन्दुन विराकोडीले १४ रन, सूर्य तामाङ ११ रन र ललितनारायण राजवंशीले नटआउट ९ रन बनाए ।

बलिङतर्फ चितवनका कमलसिंह ऐरीले ४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर तीन विकेट लिए । यस्तै करिम जन्नत र सागर ढकालले २÷२ विकेट लिए । लिग चरणको चार खेलमा शत प्रतिशत नतिजा निकालेको चितवन प्लेअफमा पुगेको छ । चितवन अंक तालिकाको शीर्ष स्थानमा समेत छ । यसअघि आजै भएको खेलमा विराटनगरले काठमाडौंलाई हराएको थियो ।