अफगानिस्तानमा शनिबार अज्ञात बन्दूकधारीले तालिवान हमला गरेका छन् । नंगहार प्रान्तमा भएको यस हमलामा दुई तालिबानी लडाकु र दुईजना नागरिक मारिएका छन् ।
तालिवान सरकारले नियुक्त गरेका नंगहार प्रान्तका सांस्कृतिक अधिकारी मोहम्मद हनिफले शनिबार यस आक्रमणको जानकारी दिएका हुन् । घटनामा दुई जना घाइते भएको उनले बताएका छन् ।
इस्लामिक स्टेटमाथि आशंका

यस हमलाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । यद्यपी, इस्लामिक स्टेटले आक्रमण गरेको हुनसक्ने अनुमान लगाइएको छ । यो संगठन अफगानिस्तानमा तालिबानको प्रतिद्वन्द्वी संगठन हो । नंगरहार प्रान्तमा यसको उपस्थिती बलियो छ । आईएसले यसअघि पनि तालिवानविरुद्ध धेरैपटक हमला गरिसकेको छ ।

१५ अगस्टमा तालिवानले अफगानिस्तानको राजधानी शहर काबुल कब्जा गरेको थियो । त्यसअघि नै उसले बाँकी इलाका आफ्नो कब्जा लिइसकेको थियो । काबुल कब्जा हुनासाथ राष्ट्रपति असरफ घानी देश छाडेर कतार भागेका थिए । अगस्टको समाप्तिमा अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि तालिबानले त्यहाँ आफ्नो नयाँ सरकार गठन गरेको थियो । एजेन्सी