काठमाडौं — आज गोठाटारबाट ट्रकमा पटाकासहित एकजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोली प्रदेश नम्बर नं दुईबाट ट्रकमा ल्याइएको पटाकासहित एकजनालाई पक्राउ गरेको हो ।
उच्च प्रहरी अधिकारीका अनुसार इँटा ओसापोसार गर्ने ट्रकमा पटाका लुकाएर ल्याइएको थियो । यसबारे पत्रकार सम्मेलन गरेर मात्रै औपचारिक कुरा बाहिर ल्याउने महानगरीय अपराध महाशाखाले जनाएको छ ।