काठमाडौं – साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा छापावाल सुन तोलामा दुई सय रुपैयाँले वृद्धि भएर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजाबी सुनको मूल्य पनि गत शुक्रबारको तुलनामा दुई सय रुपैयाँले नै वृद्धि भएर आज ८९ हजार ३ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

आज नेपाली बजारमा चाँदी प्रतितोला २० रुपैयाँले वृद्धि भएर एक हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।