प्रतिकात्मक तस्वीर
जलेश्वर– महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मदन रामका १३ वर्षीय छोरा आकाशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार ओछ्यानमा सुतिरहेका अवस्थामा सर्पले डसेको थियो । उनलाई धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा पु¥याइएको थियो । केन्द्रमा उपचार गरी घर फर्किंदै गरेका अवस्थामा बालकको स्वास्थ्य स्थिति झन जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको थियो । उपचारको क्रममा अस्पतालमै बालकको मृत्यु भएको प्रहरीले ज।नकारी दिनुभएको छ ।