काठमाडौं – प्रिमियर लिगमा आइतबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३–१ ले पराजित गरेको छ । जितसँगै लण्डन क्लब चेल्सी शीर्ष स्थानमा उक्लेको छ । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि ट्रेभो चालाबाले नवौं, टिमो बर्नरले ८४औं र बेन चिलवालले ८९औं मिनेटमा गोल गरे । साउथह्याम्पटनका लागि जेम्स वार्ड प्रोवसले ६१औं मिनेटमा गोल गरे । गोलकर्ता जेम्स ७७औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

जितपछि ७ खेलबाट १६ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको लिभरपुल १४ अङ्कसहित दोस्रो स्थानमा छ । अर्को खेलमा म्यानचेष्टर युनाइटेड र एभरटनले १–१ को बराबरी खेल्दै अङ्क बाँडे । ७ खेलबाट समान १४ अंक जोडेका युनाइटेड र एभरटन क्रमशः तेस्रो र चौथो स्थानमा छ ।

आर्सनल र ब्राइटनले भने गोलरहित बराबरी खेले । ७ खेलबाट १४ अङ्क नै जोडेको ब्राइटन पाँचतौ स्थानमा छ । आर्सनल १० अङ्कसहित नवौं स्थानमा छ ।