लोकप्रिय पाकिस्तानी कलाकार उमर शरीफको जमर्नीमा निधन भएको छ । लामो समयदेखि मुटुसहितका रोगबाट प्रभावित शरीफको ६६ वर्षको उमेरमा उपचारका क्रममा जर्मनीमा निधन भएको हो ।

शरीफ पाकिस्तानको कमेडी थिएटरमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए । उनलाई गएको सेप्टेम्बर २८ मा उपचारका लागि पाकिस्तानबाट जर्मनी हुँदै अमेरिका लैजाने तयारी थियो । तर जर्मनीमै रहेका बेला उनको निधन भएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शरीफप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले पाकिस्तानका ठूला कलाकार मध्ये एक शरीफको कमि महसुस भइरहने उल्लेख गरेका छन् ।