काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश दुईका धेरै र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती, गण्डकी, प्रदेश दुई र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश एक र प्रदेश दुईका धेरै स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै प्रदेश एक र प्रदेश दुईका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना छ । नेपालमा अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव परेको मौसमविद्ले जानकारी दिएका छन् ।