बुटवल — रुपन्देहीको सैनामैना नगरपालिकाकी उपमेयर बिना मगर चढ्ने स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । बुटवलतर्फ आउँदै गरेको लु १५ प ६८४४ नम्बरको मोटरसाइकललाई लु १ झ ३९३ नम्बरको स्कारपियोले आज बिहान सैनामैना नगरपालिका–५ बुद्ध नगरमा ठक्कर दिएको थियो । उपमेयर चढ्ने गाडी कार्यालय जाने क्रममा मोटरसाइकललाई ठक्कर दिएको हो ।


दुर्घटनामा पर्ने तिलोत्तमा नगरपालिका–२ का ७० वर्षीय बालकृष्ण गौतम र उनकी श्रीमती ६० वर्षीया लक्ष्मी गौतम घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ । घाइते दुवैको अवस्था सामान्य रहेको र अहिले उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।