‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरको स्वर रहेको गीत ‘जुनी जुनी’ भिडियो सहित सार्वजनिक भएको छ । येदिन गजमेरको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोमा चर्चित मोडल गीता ढुङ्गाना र कमल सिंहको रोमान्स समेटिएको छ ।
वैंशालु उमेरमा प्रेममा परेका एक जोडीको प्रेमी कहाँनीको रमाइला पल गीतको भिडियोमा देख्न सकिन्छ । यस भिडियोमा लोकराज अधिकारी एसोसियट निर्देशक रहेको गीतको एरेन्ज धिरज श्रेष्ठले गर्नुभएको हो । बुद्ध थापाको छायाङ्कन रहेको भिडियो विकास दाहालले सम्पादन गर्नुभएको हो । अमेरिकामा बस्दै आएका गीतकार तथा सङ्गीतकार येदिनले एल्बम तरङ्गको चर्चापछि किरणलाई लिएर यो गीत बनाउनु भएको हो ।