काठमाडौं — सुर्खेतमा १५ जना जुवाडे पक्राउ परेका छन् । गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको अवस्थामासोही ठाउँ बस्ने २९ वर्षीय भानु कँडेल लगायत १५ जनालाई गए रातिघटना स्थलबाट नै प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी मेहलकुना र अस्थाई प्रहरी पोष्ट बोटेचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३३ हजार ७ सय ३४ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।