जनकपुरधाम – नेकपा एमाले प्रदेश नं २ संसदीय दलको नेतामा सत्यनारायण मण्डल चयन हुनुभएको छ । प्रदेश संसदीय दलको बैठकले सर्वसम्मतले दलको नेतामा मण्डल चयन हुनुभएको हो । मण्डल यसअघि पनि एमाले संसदीय दलको नेता हुनुहुन्थ्यो ।

यस्तै बैठकले प्रमुख सचेतकमा किशोरी साह ‘कमल’ लाई चयन गरेको छ । अदालतले नेकपा माओवादी केन्द्रलाई व्युताएपछि माधवकुमार नेपाल समूहका शत्रुधन महतो एमाले संसदीय दलको नेतामा मण्डलपछि चयन हुनुभएको थियो । त्यसपछि माधव नेपाल समूहले एकीकृत समाजवादी पार्टी खोलेपछि एमाले दलको नेतामा मण्डलले नै निरन्तरता पाउनुभएको छ ।