काठमाडौं – सनराइज बैंकले विभिन्न सङ्घसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारीलाई हित हुने नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले विभिन्न सङ्घसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारीले बिनाधितो १५ लाख रुपैयाँसम्म कर्जा पाउन सक्ने ’सनराइज पेरोल लोन’ नामक योजना ल्याएको हो ।

बैंकका अनुसार उक्त योजनाअन्तर्गत सनराइज बैंकमा क्गलचष्कभ एबथचयिि क्बखष्लनक ब्अअयगलत भएका ग्राहकले बिनाधितो १५ लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन् । त्यस्तै, ग्राहकहरूले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख रुपैयाँसम्मको (ओभरड्राफ्ट) र १० लाख रुपैयाँसम्मको आवधिक कर्जा गरी अधिकतम १५ लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन् ।

उक्त कर्जा ५ वर्षसम्मका लागि प्रदान गरिनेछ । त्यस्तै, सनराइज बैंकले आफ्नो १४औँ वार्षिक उत्सव र दसैँको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १० दशमलव ०७ प्रतिशतसम्मको ब्याज दिनेसमेत व्यवस्था गरेको छ । बैंकले हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६० वटा एटीएम र ९१ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।