काठमाडौं – नेपाली बजारमा तीन दिन पछाडि घटेको सुनको मूल्य आज बढेको छ । हिजो ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको मूल्य आज ९ सय रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँ पुगेको हो ।

यस्तैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला ९ सय रुपैयाँले नै बढेर ८९ हजार १ सय ५० रुपैयाँ पुगेको छ । हिजोको तुलनामा आज चाँदीको मूल्य पनि बढेको छ । हिजो १ हजार १ सय २० रुपैयाँमा किनबेच भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार १ सय ४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।