काठमाडौं – बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले लामो समयपछि पूर्णता पाएको छ । स्वास्थ्य सचिवमा बद्रीबहादुर खड्कालाई नियुक्त गरिएको छ । बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन भए लगत्तै प्रशासनतर्फका सचिवको नेतृत्वमा रहने व्यहोराको दरबन्दी तेरिज प्रकाशन भएपछि विवाद उत्पन्न भएको थियो ।

मन्त्रालयमा स्वास्थ्य सेवातर्फकै सचिव रहुनपर्ने भन्दै बागमतीका स्वास्थ्यकर्मीले विरोध गरेपछि प्रदेश सरकाले निर्णय परिवर्तन गरेको थियो । नयाँ दरबन्दीअनुसार ११ औँ तहका स्वास्थ्य सेवातर्फका सचिव रहने गरी २५ जनाको दरबन्दी स्वीकृत गरिएको थियो । सोही निर्णयानुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज खड्कालाई बागमती प्रदेशको स्वास्थ्यसचिव नियुक्त गरेको हो ।