काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देशन जारी गरेकाे छ । उसले नोवेल कोरोना भाइरस कोभिड– महामारीका बीच सभा, जुलुस, प्रदर्शन वा अभियानको नाममा भिडभाड गर्नेलाई कानुनी कारबाही गरिने जनाएको छ । जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज राति १२ बजेदेखि लागु हुने गरी अनावश्यक भिडभाड, सभा–सम्मेलन, जुलुस, जात्रा, महोत्सव गर्न नपाउने गरी रोक लगाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले एक विज्ञप्ति जारी गर्दै यस्तो आदेश दिनुभएको हो । प्रशासनद्वारा जारी आदेशमा भनिएको छ, “कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले अनावश्यक रूपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा, जुलुस गर्ने, जात्रा, महोत्सव, भोज आदि नगर्ने/नगराउने ।”