काठमाडौं – नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको तेस्रो दिन मङ्गलबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि तोलामा २ सय रुपैयाँले घटेको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार २ सय ५० रुपैयाँ तोकिएको छ । हिजो छापावाल सुन प्रतितोला ८८ हजार ९ सय र तेजाबी सुनको मूल्य ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।