काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा महिलाको शव फेला परेको छ । बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारमा शव भेटिएको महानगरीय प्रहरी वृत बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार शव अर्धनग्न अवस्थामा छ । शव नदीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको हो । शव पोष्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।