इक्वेडरको जेलमा दुई विरोधी समूहबीच भएको भिडन्तमा एक सय जनाभन्दा बढीको ज्यान गएको छ । सरकारी अधिकारीहरुका अनुसार इक्वेडरको इतिहासमा जेलमा दुई विरोधी समूहबीचमा भएको भिडन्तमा पहिलोपटक यति धेरैको ज्यान गएको हो ।

गत मङ्गलबार गायक्वेल सहरमा रहेको जेलमा भिडन्त भएको हो । पाँच कैदीको टाउको काटिएको थियो भने अरुको गोली लागेर ज्यान गएको हो। कैदी–बन्दीले भिडन्तको क्रममा ग्रिनेडसमेत प्रहार गरेको प्रहरी कमाण्डर फाएस्तो बुएनानोलेब ताएको बिबिसीले उल्लेख गरेको छ । लागूऔषध तस्करी समूहका कैदी रहेको भवनमा भिडन्त भएको हो । ४०० प्रहरीले लगातार प्रयास गरेर अवस्था नियन्त्रणमा लिएका थिए ।

लागूऔषध तस्करीमा संलग्न रहेको मेक्सिकोको शक्तिशाली समूहको आदेशमा इक्वेडरको जेलमा भिडन्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मेक्सिकन समूहले इक्वेडरमा लागूऔषध तस्करी गिरोह सञ्चालन गर्दै आएको छ ।

सरकारी अधिकारीहरूका अनुसार इक्वेडरको इतिहासमा जेलमा दुई विरोधी समूहबीचमा भएको भिडन्तमा पहिलोपटक यति धेरैको ज्यान गएको हो । कैदी–बन्दीले भिडन्तको क्रममा ग्रिनेडसमेत प्रहार गरेको प्रहरी कमाण्डर फाएस्तो बुएनानोले बताएको बीबीसीले जनाएको छ ।

उक्त जेलमा विश्वव्यापी सञ्जाल रहेको एउटा लागु औषध गिरोहका सदस्यहरूलाई राखिएको थियो । इक्वेडरको बन्दी गृहहरू हेर्ने एक जना निर्देशकले स्थानीय रेडियोसँगको कुराकानीमा त्यहाँको अवस्थालाई भयानक भनेका छन् । घटनामा ५० भन्दा बढी कैदीहरू घाइते भएका छन् । राष्ट्रपति गीएर्मो लास्सोले देशभरका कारागारहरूमा आपतकाल घोषणा गरेका छन् । –बीबीसी