काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ६ सय ५२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ सय ९२ तथा एन्टिजेन विधिबाट २ सय ६५ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ९४ हजार १ सय ३६ जना र एन्टिजेन विधिबाट ९१ हजार ३ सय ७३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ ।

हाल देशभर १८ हजार १ सय ९३ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये होमआइसोलेसनमा ३ सय ४५ जना, भेन्टिलेटरमा ९९ जना उपचाररत रहेका छन् ।
यससँगै देशभर कूल सङ्क्रमितमध्ये ७ लाख ६४ हजार ८ सय ४७ जना निको भएका छन् । नेपालमा निको हुने दर ९६.३ प्रतिशत पुगेको छ । देशभर थप ८ जनाको मृत्यु भएको छ ।