रुपन्देही – लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले एक सूचनामार्फत जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि बैठक सारिएको हो ।

प्रदेश सभाको अर्को बैठक यही असोज २० गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिव दुर्लभ पुन मगरले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशसभामा एमालेले दुई सांसद विमला वली र अजय बहादुर शाहीलाई कारवाही गर्न माग गर्दै आएको छ, सोही माग पुरा हुन नसक्दा एमालेले बैठक अवरुद्ध पार्दै आएको छ ।