कास्की – गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले मानवअधिकारको अभियानलाई सार्थक बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले बुधबारदेखि शुक्रबारसम्म आयोजना गरेको ‘मानव अधिकार मैत्री पत्रकारिता विषयक तालिम’ कार्यक्रममा बोल्दै मन्त्री थापाले समाचार लेखनमा मानव अधिकारमैत्री शब्द र भाषाको प्रयोग हुनुपर्ने बताउनुभएको छ ।

मन्त्री थापाले मानव अधिकारको विषय पत्रकारिता क्षेत्र संवेदनशिल हुनु पार्ने बताउँदै समाचार सञ्कलन तथा सम्प्रेषण, प्रस्तुति र प्रभावमा समेत बिशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । मानव अधिकार उल्लङ्घनका घटनाको ठुलो समाचार बनेपनि संरक्षण भएको विषयको भने सानो समाचार बन्ने गरेको उहाँको भनाई छ । ‘पत्रकारको काम जनतालाई सु–सूचित मात्र गराउने होइन, मानवअधिकारको वकालत गर्नु पनि हो’, उहाँले भन्नुभयो– ‘सरकारका राम्रा पक्षका बारेमा पनि जनतालाई सु–सूचित गराउन मिडियाले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।’

मन्त्री थापाले मानव अधिकार सम्बन्धि सैद्धान्तिक ज्ञानको अभावमा निष्पक्ष समाचार सम्प्रेषण गर्न नसकिने उल्लेख गर्नुभयो । मन्त्री थापाले प्रदेशको विद्येयक विधायन समितिमा पेश भएको आम सञ्चार विधेयकलाइ संशोधन गरी सञ्चारमैत्री बनाइने बताउनुभयो । सञ्चार विद्येयक विधायन समितिमा भएकाले सबैको सल्लाहमा संशोधन गरेर नेपालकै उत्कृष्ट बनाइने उहाँको भनाइ छ ।