बर्दियाको राजापुर नगरपालिका– १० मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४१ वर्षीय गुमानसिंह चौधरी रहेका प्रहरीले जनाएको छ ।

मङ्गलबार साँझ धान खेतमा गएको समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । रासस