तनहुँ – बहुविवाह मुद्दाका फरार दुईजना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको ऋषिङ गाउँपालिका घर भएका २९ वर्षीय नर बहादुर थापा र भिमाद नगरपालिका–४ घर भएकी मीना कुमारी थापा छिन् ।

उनीहरुविरुद्ध तनहुँ जिल्ला अदालतले २०७५ असोज १५ मा १० महिना १९ दिन कैद सजायको फैसला गरेको थियो । फैसलासँगै उनीहरु फरार भएका थिए । अदालतले फैसला गरेको ३ वर्षपछि उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।