काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज एक सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । यससँगै, आज चाँदीको मूल्य भने स्थिर रहेको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।