काठमाडौं – एनएमबी बैंकले मुद्धती निक्षेपमा ९ दशमलव ५२ प्रतिशतको आकर्षक ब्याज दिने भएएको छ । बैंकले नयाँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई मुद्धतीमा ९ दशमलव ५२ प्रतिशत वार्षिक व्याजदर (०.५ प्रतिशत प्रिमियमसहित) प्रदान गर्ने घोषणा गरेको हो ।

हाल बैंकमा निक्षेप जम्मा भइरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज दिइँदै आएको छ । जसले गर्दा लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थालाई ध्यानमा राखेर एनएमबीले उच्च ब्याज प्रदान गर्दै आइरहेकोे बैंकको दावी छ ।

बैंकमा खाता नभएका ग्राहकहरुले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित प्रविधिमार्फत ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सक्ने बैंकले जनाएको छ । जसअनुसार भिडियो केवाईसीमार्फत ग्राहकहरुले अनलाइन खाताको सुरुदेखि अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाइकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्ने छन् । ग्राहकहरूले एनएमबीमा भिडियो कलमार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाइसी विवरणहरू अपडेट गर्न सक्दछन् ।