काठमाडौं – सनराइज बैंकले काठमाडौंको रानीपोखरीस्थित दरबार हाईस्कुललाई सहयोग गरेको छ । सनराइज बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । मंगलबार दरबार हाई स्कूलमा भएको एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले सस्ंकृत माध्यमिक विद्यालयलका प्रधानध्यापक शिवराज अधिकारीको उपस्थितीमा जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालाई चेक हस्तान्तरण गरेका थिए ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दरबार हाईस्कूलको संस्कृत माध्यमिक विद्यालयलका शिक्षकहरुका लागि ल्यापटप खरिद गरी आवश्यक तालिम सञ्चालन गर्न आर्थिक सहयोग गरेको हो ।

उक्त सहयोग कार्यान्वयन गर्न जोन्ता क्लब काठमाडौंलाई दुई लाख रुपैयाँ सहयोग गरिएको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले संस्कृत माध्यमिक विद्यालयलका प्रधानाध्यापक शिवराज अधिकारीको उपस्थितिमा जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालार्ई उक्त रकमको चेक मंगलबार हस्तान्तरण गर्नुभएको छ ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत शर्माले बैंकले परिमार्जित प्रविधिलाई अवलम्बन गर्दै ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियान अगाडि बढाउँदै आएको र यसैअनुरुप देश विकासको अपरिहार्य शिक्षामा पनि डिजिटल गर्ने उद्देश्यका साथ उक्त सहयोग गरिएको जानकारी दिनुभएको छ । जोन्ता क्लब काठमाडौंका अध्यक्ष गोल्छाले बैंकको सहयोगले सरकारी विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई धेरै प्रोत्साहन मिल्ने बताउनुभयो । बैंकले यसअघि पनि दरबार हाईस्कूलअन्तर्गतको भानु मा.विका विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौंलाई नै तीन लाख रुपैयाँ सहयोग गरेको थियो ।