काबुल – अफगानिस्तानबाट पूर्णरुपमा सैनिकहरु फिर्ता गर्न नहुने दुई अमेरिकी सैनिकले बताएका छन् । जनरल मार्क मिली र फ्र्यांक म्याकेन्जीले २५ सय अमेरिकी सैनिक अफगानिस्तानमै बस्नु पर्ने सुझाव दिएको बताइएको छ । संसदीय सुनुवाइको क्रममा माथिल्लो तहका यी दुई अमेरिकी सैनिक जनरलले यस्तो धारणा व्यक्त गरेका हुन् ।

बीस वर्षअघि अफगानिस्तानमा तालिवानको निरङ्कुश शासनको अन्त्य गरी अमेरिकी नेतृत्वको नेटो सम्बद्ध सेना त्यहाँ रहँदै आएको थियो । गत अगष्ट अन्त्यदेखि अमेरिकी सैनिक फिर्ता भएसँगै अफगानिस्तामा तालिवानले आफ्नो नेतृत्वमा सरकार गठन गरेको छ । यस क्रममा अफगानिस्तानमा विभिन्न किसिमका प्रतिबन्द्धदेखि सामाजिक अपराध र हत्याका श्रृङ्खला बढ्दै गएका छन् । अफगानिस्तानको वर्तमान गम्भीर अवस्थाको बारेमा संसदीय सुनुवाइको क्रममा ति दुई उच्च सैनिक जनरलले अफगानिस्तानबाट पूर्णरुपमा सेना फिर्ता गर्न नहुने बताएका हुन् ।

अफगानिस्तानबाट गएको अगस्ट अन्त्यमा भएको अमेरिकी सैनिकको पूर्ण फिर्ती र त्यसक्रममा निम्तिएको गम्भीर अवस्थाबारे संसदीय सुनुवाईको क्रममा सैनिक जनरलले यस्तो बताएका हुन् । जनरल मार्क मिली र फ्र्यांक म्याकेन्जीले २५ सय अमेरिकी सैनिक अफगानिस्तानमै बस्नु पर्ने सुझाव दिएको बताएका हुन् ।

संसदीय समितिमा दुई सैनिक जनरलले दिएको बयान र राष्ट्रपति जो बाइडेनको भनाईबिच तालमेल मिलेको देखिँदैन । राष्ट्रपति बाइडेनले अगस्ट ३१ मा आफ्ना सैनिक पूर्णरुपमा फिर्ता गर्नु पूर्व २५ सय सैनिक त्यहिँ राख्ने सुझावबारे आफूलाई याद नभएको बताएका छन् ।

अफगानिस्ता राजधानी काबुललाई अगस्ट १५ तारिखमा तालिवानले आफ्नो नियन्त्रणमा लिए पछि अहिले त्यहाँ तालिवानको सरकार छ । अमेरिकी सैनिक फिर्ताको क्रमम जारी रहँदा नै तीव्र गतिमा आफ्नो पडक विस्तार गर्न सफल हुँदै गएको थियो ।
यसै विषयलाई लिएर संसदीय सुनुवाइका क्रममा जनरल मिलीले तालिवानले तीव्र गतिमा अफगानिस्तान कब्जा गरेको देख्दा अमेरिका अचम्मित रहेको बताए थिए । अफगान सरकार यति सहजै ‘कोल्याप्स’ हुने आङ्कलन नगरिएको ति जनरलले बताएका छन् ।

संसदीय सुनुवाईमा रक्षामन्त्री लोइड अस्टिनपनि उपस्थित भएको र सैनिक तथा समस्यामा रहेकाहरुलाई काबुलबाट उद्धार गर्नेक्रम जारी रहेका बेला अगस्ट २६ मा हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिक भएको आत्मघाती आक्रमणमा १३ अमेरिकी सैनिक तथा कम्तीमा १६९ जना अफगानीको ज्यान गएको थियो ।

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता अभियानको नेतृत्व गरेका जनरल म्याकेन्जीले रिपब्लिकन सिनेटरको प्रश्नको उत्तर दिनेक्रममा आफूले २५ सय सैनिक अफगानिस्तामै राख्नु पर्ने सुझाव दिएको बताएका हुन् । तर राष्ट्रपति बाइडेनले एबिसी टेलिभिजनका पत्रकारलाई दिएको अन्तर्वार्ताको क्रममा आफूलाई त्यस्तो सुझाव आएको याद नरहेको बताएका थिए । सुझाव दिनेक्रममा जनरल मिलीले केही सैनिक अफगानिस्तानमै राख्नु पर्ने धारणाप्रति राष्ट्रपति जो वाइडेनले सिधा उत्तर दिएनन् ।