जनकपुरधाम – सर्लाहीमा मंगलबार ट्याक्टरले दिएको ठक्करबाट एक युवकको मृत्यु भएको छ । गोडैटा नगरपालिका २ स्थित सिमरा भगवतीपुरमा ना ६ त ८५४ नम्बरको ट्याक्टरले दिएको ठक्करबाट सोही नगरपालिकाको वडा नम्बर ६ निवासी २३ बर्षीय रुपेश बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बी आर ०७ भी ५३१६ नम्बरको मोटरसाइकलमा सवार रहेका बैठालाई ट्याक्टरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिएको तथा फरार भएका त्यसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।