काठमाडौं —पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा ११ हजार ६ सय ७२ पीसीयार तथा २ हजार ३ सय ३१ एन्टिजेन परीक्षण भएको छ ।
आज देशभरबाट ७ लाख ६३ हजार ७ सय ३४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर ७ लाख ९३ हजार २ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुुनेको सङ्ख्या ११ हजार १ सय १५ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या १८ हजार ४ सय २२ जना रहेका छन् । जसमध्ये १७ हजार १ सय २५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २ सय ९७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३ सय ६४ जना आईसीयू र १ सय २० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै आज काठमाडौं उपत्यकामा १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७८ जना कोरोना संक्रमित थपिएका छन् ।