प्रतिकात्मक तस्वीर
वीरगञ्ज– बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित खोलामा सिंचाईको लागि बनाइएको ड्याममा डुबेर आज बिहान एक जनाको मृत्यु भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका–१५ स्थित बेंगे खोला पुल नजिकै सिंचाईको लागि बनाइएको ड्याममा डुबेर सोही नगरपालिका वडा नम्बर १ बस्ने ४३ वर्षीय भगवान काजी कार्कीको मृत्यु भएको हो ।

पौडी खेल्नको लागि गएका उनी पौडी खेल्ने क्रममा ड्याममा डुबेर उनको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभएको छ ।