काठमाडौं – साताको तेस्रो दिन आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।
आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँ र चाँदी एक हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यता, तेजाबी सुनको मूल्य पनि हिजोको तुलनामा तोलामा तीन सय रुपैयाँले गिरावट आएर ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।