काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यिले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्कालाई बधाई सन्देश पठाउनुभएको छ । आफ्नो बधाई सन्देशमा वाङले दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्नका लागि नेपाली समकक्षीसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनुभएको काठमाडौंस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ ।

यसअघि उहाँले भारतीय विदेशमन्त्री एसजयशंकरले खड्कालाई बधाई सन्देश पठाउनुभएको थियो । एसजयशंकर र खड्का बीचमा अमेरिकाको न्यूयोर्कमा भेटघाटसमेत भएको छ ।