पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ८२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म कुल कोरोना सङ्क्रमितको एन्टिजेन विधिबाट भएको परीक्षणमा ९० हजार ८ सय ५४ जना र पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९२ हजार ३ सय ६७ जना पुगेको छ ।

आज मात्रै १ हजार २ सय ६२ जना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार १ सय ३ जना पुगेको छ ।

सङ्क्रमितमध्ये हालसम्म ७ लाख ६२ हजार ४ सय १६ जना निको भएर घर फर्किसकेका छन् । यस्तै हाल देशभर १८ हजार ८ सय ४८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।