अमेरिका– संयुक्त राष्ट्रसङ्घीय महासभा बैठकमा भाग लिन पुगेको नेताहरुबीच चीनको बढ्दो शक्ति तथा हिन्द–प्रशान्त क्षेत्रमा उसको बढ्दो सैन्य उपस्थितिलाई रोक्न आफ्नो गतिविधि बढाउने भएका छन् । हिन्द–प्रशान्त क्षेत्रमा चिनिया प्रभावलाई निस्तेज पार्न अमेरिका, जापान, अष्ट्रेलिया र भारतले चीनको गतिविधि नियन्त्रण गर्न सहमत भएका हुन् । हिन्द–प्रशान्त क्षेत्रमा आफ्नो पकड कायम राख्न अमेरिकाले विभिन्न रणनीतिक योजनाहरु अघिसार्दै आएको छ । यस विषयमा अमेरिकी राष्ट्रपति जो वाइडेन र भारतकी प्रधानमन्त्री नरेन्द्र मोदीबीच पनि छुट्टाछुट्टै छलफल भएको थियो ।


यसैगरी जापानका प्रधानमन्त्री योशिहिरे सुगासँग पनि भारतीय प्रधानमन्त्री मोदीले दुईपक्षीयका सार्थ हिन्द प्रशान्त क्षेत्रको सुरक्षाबारेमा समेत छलफल भएको थियो । क्वार्डका सदस्य राष्ट्र अमेरिका, जापान, अष्टे«लिया र भारतबीच हिजो भएको छलफलमा चीनलाई दवाव दिने निर्णय गरेका छन् । अमेरिकाले आफ्नो शक्तिलाई निरन्तरता दिने भन्दै स्वतन्त्र र खुला रुपमा क्वार्डलाई लैजाने निर्णय गरेको छ । चीनको बढ्दो प्रभावलाई रोक्दै घेराबन्दी गर्ने अमेरिकी रणनीति अनुरुप एसियामा उसले आफ्नो पकड बलियो बनाउन हर किसिमले प्रयास गर्दै आएको छ ।


हिजोको बैठकमा अमेरिकी राष्ट्रपति जो वाइडेन, जापानी प्रधानमन्त्री योशिहिदे सुगा, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको बैठकमा स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्रप्रति आ–आफ्नो प्रतिबद्धता दोहोर्याएका हुन् । क्वाडकोसंयन्त्र अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाबीच चारपक्षीय सहयोगसँग सम्बन्धित छ । उहाँहरूबीच रक्षा उपकरण र प्रविधिको क्षेत्र सहित द्विपक्षीय तसुरक्षा र रक्षा सहयोग बढाउने बारे सहमति जुटेको छ ।