अबुधावी– युएईको अबुधावीमा शनिबार भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले जित निकालेको छ । दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ३३ रनले पाखा लगाउँदै उक्त जित निकालेको हो ।

राजस्थानले टस जितेर फिल्डिङ रोजेको उक्त खेलमा र पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन जोडेको थियो । दिल्ली क्यापिटल्सका लागि श्रेयस अय्यरले ४३, शिमरोन हेटमायरले २८, कप्तानी ऋषभ पन्तले २४ र ललित यादवले १४ रन बनाएका थिए ।

१५५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२१ रनमा समेटिंदा राजस्थान दिल्ली क्यापिटल्सबाट पराजित हुन पुगेको हो । राजस्थानका कप्तान सञ्जु सामसन एक्लैले ७० रन बनाए पनि अरु खेलाडीले उत्कृष्ठ खेल खेल्न नसक्दा पराजयको सामना गर्नु पर्यो । यद्यपि, बलिङतर्फ राजस्थानका चेतन सकारिया रमुस्ताफिजुर रहमानले दुई–दुई तथा कार्तिक त्यागी र राहुल टिवटियाले एक–एक विकेट लिएका थिए । यो जितसँगै दिल्ली क्यापिटल्स अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।