एजेन्सी
न्यूयोर्क– अमेरिकाको न्यूयोर्कमा सुरुभएको संयुक्त राष्ट्रसंघको महासभामा विश्वभरका नेताहरुको जमघट भएको छ । हरेका वर्षहुने संयुक्त राष्ट्रसंघको महासभामा विश्वका नेताहरूले विश्व राजनीतिक परिघटना र आ–आफ्ना क्षेत्रसँग सम्बन्धित विषय वस्तुलाई विशेषमहत्व दिएर एजेण्डाका रुपमा उठाउने गर्दै आएका छन् ।


संयुक्त राष्ट्रसंघको महासभामा हुने छलफल र भेटघाटले विश्व राजनीतिकमा एक खालको हलद्धल ल्याउने गरेको हुन्छ । अमेरिकाको न्यूयोर्कमा पाँच दिनदेखि भैरहको महासभामा विश्वलाई महामारीको रुपमा गाँजेको कोरोना भाइरस सङ्क्रमणको विषयमा व्यापक छलफल र विभिन्न धारणाहरु व्यक्तगरेका छन् ।

प्रत्येक वर्ष यस्ता केही आवाजहरू हाबी हुने गर्दछन् र विश्व राजनीतिक मञ्चमा तरङ्ग समेत पैदा गर्दछन् । यहाँ एसोसिएटेड प्रेसले केही फरक आवाज र दृष्टिकोणलाई प्रस्तुत गरेको छ। कोरोना महामारीको लामो सङ्कटले गुज्रिरहेको विश्वको वर्तमान अवस्थामा महासभाको चौथो दिन शनिबार विभिन्न देशका नेतृत्व तहबाट यस्ता अभिव्यक्त विचारहरूले अखबारका पानाहरू रङ्गाएका छन् र नयाँ विचारलाई पस्केका छन् । यस्ता केही प्रतिनिधि विचारहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।


सोही क्रममा सार्क सदस्य राष्ट्र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले महासभालाई सम्बोधन गर्दै आप्रवासी कामदारको विषयलाई जोडतोडले उठाउँदै ‘आप्रवासीहरू महामारीको बेला स्वास्थ्य र अन्य आपतकालीन सेवाहरूमा अग्रपंक्तिमा खटिएर सेवा दिइरहेका छन्, तर पनि उनीहरूमध्ये धेरैले जागिर गुमाउनु परेको छ, तलब कटौती समस्याको सामना गर्नुगरेको छ । स्वास्थ्य र अन्य सामाजिक सेवाहरूमा पहुँचको अभाव भएको छ । अनि जबरजस्ती फिर्ताको कारणले कडा चोट बेहोरिरहेका छन्’– भन्नुभयो ।


जर्जियाका प्रधानमन्त्री इराक्ली गरिबाशभिल्लीले महासभालाई सम्बोधन गर्नेक्रममा विश्वमा प्रजातन्त्र सङ्कटमा पर्दै गएको भन्दै चिन्ता प्रकट गर्नु भयो । जर्जियाका प्रधानमन्त्री इराक्लीले ‘अन्तिम पटक जब हामी यहाँ संयुक्त राष्ट्रसंघमा प्रत्यक्ष भेटेका थियौं, संसारभरिका प्रजातन्त्रहरू दबाबमा परेको अनुभूत गरेका थियौं र आज पनि तर्कहीन र अँध्यारो शक्तिहरू त्यस्मै व्यस्त छन्’ भन्नुभएको थियो ।

राष्ट्र सङ्घीय महासभालाई सम्बन्धन गर्ने क्रममा माल्टाका प्रधानमन्त्री रोबर्ट अबेलाले द्वन्द्व र यसको बालबालिका माथि पर्ने असरका बारेमा सबै गम्भीर हुनु पर्ने धारणा राख्नु भयो । प्रधानमन्त्री अबेलाले ‘द्वन्द्वले धेरै मानिसहरूको जीवनलाई असर गर्छ । जसका कारण हामी हजारौं बच्चाहरूलाई असफलताको बाटोमा डोराइरहेका छौं’ भन्दै हामी उनीहरूलाई हिंसा, हानीबाट, र उनीहरुको पूर्ण क्षमता साकार पार्नबाट जोगाउन असफल भएका छौ । हामी उनीहरूको बच्चा हुने अधिकारको समेत रक्षा गर्न असफल भएका छौ’ भनि चिन्ता प्रकट गर्नु भएको छ ।

त्यसैगरी बेलिजका प्रधानमन्त्री जाँन ब्रेसिनोले महासभालाई सम्बन्धन गर्दै ‘हामी सेप्टेम्बर २०२२ मा थप निष्क्रिय हुँदै अर्को वर्ष अरू शोक व्यक्त गर्न यस ठूलो हल मा नफर्कौं । एकपक्षीयता, राष्ट्रवाद, र असफल सामूहिक कारबाहीको विरोध गर्न यस हलमा कदापि नफर्कौै भन्दै कडा टिप्पणी गर्नुभएको छ महासभा बैठकलाई सम्बोधन गर्दै लक्जेबर्गका प्रधानमन्त्री जेभियर बेटेल ‘यदि हामीसँग आशा र विश्वास छैन भने जनताले हरेक कुरामाथि विश्वास गर्न छोड्नेछन्’ भनि विश्वका नेताहरुको ध्यान केन्द्रीत गर्नुभएको छ ।