काठमाडौं – भारतीय पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी रहेको एभरेष्ट बैंकले पहिलोपल्ट नेपाली सीईओ नियुक्त गरेको छ । यसअघि भारतको पञ्जाव नेशनल बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रतिनिधिको रुपमा आउने गरेका थिए । तर यसपटक भने एभरेष्ट बैंक सञ्चालक समितिको बैठकले पहिलोपटक नेपाली सीईओ सुदेश खालिङलाई नियुक्त गरेको हो ।

झण्डै ६ महिनाअघि बैंक सञ्चालक समितिले खालिङलाई सीईओमा नियुक्त गरेको भएपनि उहाँले राष्ट्र बैंकले तोकेको कुलिङका कारण कार्यभार सम्हाल्न पाउनुभएको थियो । लक्ष्मी बैंकको सीईओबाट छाडेपछी खालिङ सिटिजन्स बैंकको सञ्चालक बनेका थिए । स्टाण्डर्ड चार्टड बैंक नेपालमा लामो समय काम गरेका खालिङ संस्थागत शुसाशनमा चल्ने बैंकर हुन् । बैंक सञ्चालक समितिले खालिङलाई ४ वर्षको लागी सीईओ नियुक्ती गरेको हो । उहाँको कार्यकाल आजदेखी सुरु हुदैँछ ।