काठमाडौं – साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुन बिहिबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार हुँदा शुक्रबार भने बढेर तोलामा ८९ हजार ९ सय तोकिएको छ ।

महासङ्घका अनुसार चाँदीको मूल्य शुक्रबार प्रतितोला रु १० रुपैयाँले बढेको छ । चाँदी बिहिबार प्रतितोला रु एक हजार १ सय ५५ तोकिएको थियो भने आज एक हजार १ सय ६० कायम गरिएको छ ।