झापा – प्रहरीले लागूऔषध ब्राउन सुगरसहित झापाको छुट्टाछुट्टै ठाँउबाट ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिकाका २७ वर्षीय रोशन सुवेदी, २८ वर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ वर्षीय रतन सिंह रहेका छन् ।

हिजो साँझ साढे ८ बजे अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ११ बसपार्कस्थित एक होटलबाट रोशन सुवेदी र सुमन कार्कीलाई ६.७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

त्यस्तै बिहीबार नै लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ स्थित तुर्केनी खेल मैदान छेउबाट रतन सिंहलाई ५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाउपर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।रासस