काठमाडौं – आज दिउँसो देशभर सामान्य बदली रहने छ । केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिम नेपालका केही स्थानमा भने पानी पर्ने सम्भावना रहेको छ । भैरहवा, नेपालगञ्जलगायत क्षेत्रमा वर्षा हुने तर ठूलो वर्षा भने नहुने मौसमविद्को भनाइ छ । आज राति देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज धेरै स्थानमा मौसम सफा रहे पनि मनसुनी प्रणाली भने सकिएको छैन । त्यसैले कुनै पनि बेला मनसुनी प्रणाली थप सक्रिय भएर वर्षा हुने मौसमी प्रणाली विकास हुने सम्भावना रहन्छ । सामान्यत अक्टोबर २ सम्म मनसुनी प्रणाली रहने जल तथा मौसम विज्ञान विभागले जनाउँदै आएको छ ।