काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका प्रयोगशालामा गरिएको परिक्षणबाट १ हजार २ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुल १५ हजार २ सय ४३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९ सय ४१ जना र एन्टिजेन विधिबाट परिक्षण गर्दा २ सय ९८ जनामा सङक्रमण पुष्टि भएको हो ।


देशभर अहिले २० हजार ७ सय ४३ जना कोरोना भाइरसका सक्रिय सङक्रमित बिरामीमध्ये १९ हजार ४ जना ३७ जना होम आइसोलेसन, १ हजार ३ सय ६ जना संस्थागत आइसोलेसनमा, ३ सय ४० जना आईसीयूमा र १ सय ११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित १ हजार ३ सय २४ जना बिरामी निको भै घर फर्किएका छन् । नेपालमा हालसम्म कूल सङक्रमितहरुमध्ये ७ लाख ५६ हजार ९ सय ५४ जना उक्त सङ्क्रमणबाट मुक्त भइसकेका छन् । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुने दर ९६ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । आज कोरोना भाइरसको सङ्क्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणकै कारण ११ हजार ७२ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्युहुनेको दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ लाख ३८ हजार ३८५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म ५८ लाख ६० हजार ९ सय २९ जनाले पूर्ण मात्रा र ६२ लाख ९३ हजार ८९ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् । खोप लगाउनेको सङ्ख्या वृद्धिभएसँगै नेपालमा कोरोना भाइसरबाट सङ्क्रमित हुनेको सङ्ख्यामा कमिदेखिएको छ ।