काठमाडौं – साताको पाँचौ दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो बुधबार प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८९ हजार ६ सय रुपैयाँमा झरेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि आज ५ सय रुपैयाँले नै घटेर प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।