काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ हरहरमहादेवबाट करिब १९ लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । हरहरमहादेवस्थित कमल दाहालको घरबाट जुवा खेलिरहेको अवस्थामा प्रहरी प्रभाव काँडाघारीको टोलीले बुधबार राति साढे १२ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा महिला पनि रहेका छन् ।

पक्राउ परेकाहरूको साथबाट १८ लाख ७५ हजार ५ सय नगद र ७ जोर तास बरामद गरिएको प्रहरीले जनाएको छ । साथै उनीहरूबाट प्रति क्वाइन दश हजार ‘भ्यालु’ रहेका ४० वटा ग्रिन क्वाइन, ५ सय भ्यालु भएका ८० वटा रेड क्वाइन र एक हजार भ्यालु भएका १ सय ४० वटा ब्ल्यु क्वाइन पनि बरामद भएको छ । पक्राउ परेका १३ जनालाई प्रहरी वृत्त बानेश्वमा राखी अनुसन्धान भैरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।