वीरगञ्ज – पानी तान्ने मोटरबाट करेन्ट लागेर बिहीबार बिहान बारामा एक युवकको मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ लक्ष्मी टोल निवासी ३४ वर्षीय सर्फुदिन मियाँको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बनाउँदै गरेको आफ्नो घरमा पानी हाल्न मोटर चलाउने क्रममा करेन्ट लागी अन्सारी घाइते भएका थिए । उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज ल्याउने क्रममा बाटोमा नै उनको मृत्यु भएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । रासस