काठमाडौं – समाजसेवी तथा साहित्यकार केशवमणि आचार्य दीक्षितको ८८ वर्षको उमेरमा सोमबार निधन भएको छ । उहाँले नेपाली राजनीति, पूर्वीय दर्शन तथा इतिहास लेखनमा कलम चलाउँदै आउनुभएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको सोमबार निधन भएको हो । उहाँका १८ वटा कृतिहरु प्रकाशित छन् ।

उहाँ नेपाली भाषाविद् सरदार राममणि आचार्य दीक्षितका कान्छा छोरा हुनुहुन्थ्यो । रुपन्देहीको मणिग्राममा राममणि बहुमुखी क्याम्पस स्थापना गर्न विशेष योगदान पु¥याउनुभएका आचार्यले नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो ‘नेपाली भाषाको शब्दकोष’ निकाल्ने तयारी गरिरहनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।