झापाको दमक नगरपालिका–१ बाट प्रहरीले कौडा खेलिरहेका १७ जनालाई पक्राउ गरेको छ । स्थानीय हिमाल देवानको घर कम्पाउन्डमा कौडा खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले कौडा खेल्नेहरूबाट ४ लाख २७ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा भद्रपुर घर भएका युवराज न्यौपाने, ठाकुरप्रसाद निरौला, दिलबहादुर राई, विर्तामोड घर भएका तिर्थ अधिकारी, गौरादह घर भएका हरि कोइराला र कमल गाउँपालिकाका सुविन्द्र सुब्बा लगायत छन् । कौडा खालबाट प्रहरीले १६ थान कौडा बरामद गरेको छ ।रासस