काठमाडौं – अभिनेत्री प्रियङ्का कार्कीले छोरीलाई जन्म दिएकी छन् । सामाजिक सञ्जालमा एक तस्वीर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । उनले छोरीको नाम आयाङ्का कार्की जोशी नाम दिएकी छन् ।

तस्बिरमा प्रियङ्का र आयुष्मान निकै खुसी देखिएका छन् । आयुष्मान र प्रियङ्काले दुई वर्ष अघि विवाह गरेका हुन् । सिने जगतमा चल्तीकी नायिका प्रियङ्का गर्भावस्थामा थप चर्चित भएकी थिइन् । उनले गर्भावस्थामा गरेका विभिन्न क्रियाकलापमाथि थुप्रैको नजर अडिने गर्दथ्यो । कतिले उनलाई समर्थन गर्थे भने कतिले उनको अत्यधिक आलोचना गर्न पनि छोडेनन् ।