काठमाडौं – साताको चौथो दिन आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज एकैदिन सुन तोलामा ९ सय र चाँदी २५ रुपैयाँले बढेको छ । आज छापावाला सुन ९ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार १ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तैगरी चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मङ्गलबार सुन तोलामा ३ सयले बढेर छापावाला सुन प्रतितोला ८९ हजार २ सय र तेजावि सुन प्रतितोला ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदी ५ रुपैयाँले बढेर १ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।