इन्टर मिलानले फिरोन्टिनालाई पराजित गर्दै इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । नेपाली समयअनुसार गए राति भएको खेलमा इन्टरले फिरोन्टिनालाई ३–१ गोल अन्तरले पाखा लगाउँदौ शीर्ष स्थानमा पुगेको हो ।

फिरोन्टिनाको घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन मेटो डर्मिएन, इडेन डेज्को र इभान पेरिसिसले एक÷एक गोलको साझेदारी गर्दै आफ्नो टिमलाई विजयी गराएका थिए । फिरेन्टिनाका लागि भने रिकार्डाे सोटिलले सान्त्वना स्वरुप एक गोल फर्काएका थिए ।

आफ्नो टिमको लागि सोटिलले खेलको २३औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलमा सुरुवाती अग्रता फिरेन्टिनाले बनाए पनि उसले आफुलाई खेलमा फर्काउन नसक्दा पराजय भोग्न बाध्य भयो ।

पछिल्लो हाफपछि इन्टर मिलान लेखमा फर्किदै ५२ औं मिनेटमा डार्मिएने गोलको खाता खोले । पहिलो गोल गरेको इन्टर मिलानका लागि ५५ औं मिनेटमा डेज्कोले गोल गर्दै २–१ को अन्तरले आफ्नो टिमलाई अग्रता दिलाए । खेलमा फर्किएको इन्टर मिलानका लागि ८७ औं मिनेटमा पेरिसीले अर्को एक गोल थपे । खेलको अन्तिम समय ७८ औं मिनेटमा फेरेन्टिनाका एक खेलाडीले रातो कार्ड पाएर बाहिरिए पछि फेरेन्टिना १० खेलाडीमा सिमित भएको थियो ।

यो जितसँगै इन्टर मिलानले पाँच खेलबाट १३ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा रहेका छ भने पराजय भोगेको फेरेन्टिनो ९ अङ्कसहिते छैटौं स्थानमा छ ।